भ्रष्टाचार मुद्दामा ५ बर्षे हदम्याद राख्ने प्रस्ताव हट्यो

काठमाडाैं | भदौ १४, २०८१

भ्रष्टाचार मुद्दामा ५ बर्षे हदम्याद राख्ने प्रस्ताव हट्यो

काठमाडौं:    भ्रष्टाचारसम्बन्धी कसुरमा पाँच वर्षे हदम्याद नलाग्ने भएको छ।


संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९  लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सरकारले ल्याएको पाँच वर्षे हदम्याद हटाउने विषयमा सहमति जुटेको हो।


सरकारका तर्फबाट गरिएको ५ बर्षे हदम्यादको प्रस्ताव हटाउने निर्णय गृहमन्त्री रमेश लेखकले समितिको बैठकमा जानकारी गराउनुभएको थियो ।


५ बर्षे हदम्याद हटाउने निर्णयलाई समितिले पास गरेको हाम्रा प्रतिनिधि सुरेन्द्र आचार्यले जानकारी गराएका छन।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्